१५ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
×

मन्दिरको जग्गा कब्जा गरि बनाइएका व्यापारिक सटर वीरगञ्ज महानगरले भत्कायो

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका –१० स्थित गीता मन्दिर अगाडिको जग्गामा बनाइएका व्यापारिक सटरहरु महानगरपालिकाले शनिबार भत्काएको छ ।

विगत लामो समयदेखि मन्दिर अगाडिको जग्गामा दशवटा सटर निर्माण गरि भाडामा लगाइएको थियो । वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाको डोजरले सटरहरु भत्काएको हो ।

गीता मन्दिरको सौन्दर्यकरणका लागि मन्दिर अगाडिको जग्गा कब्जा गरि गैरकानुनी रुपले बनाइएको व्यापारिक सटरहरु भत्काएको मेयर सिंहले बताए ।

‘वर्षौदेखि केही व्यक्तिहरुले मन्दिर अगाडिको खाली जग्गामा गैरकानुनी रुपले अवैध संरचना बनाएर सटर भाँडामा दिई लाखौँ रुपैयाँ उठाइरहेका थिए,’ मेयर सिंहले भने, ‘मन्दिरको सौन्दर्यकरणका लागि कब्जा गरिएको जग्गा खाली गराइएको हो ।’

करिब एक वर्ष अगाडि मेयर सिंहकै निर्देशनमा घडिअर्वा पोखरीको मूल गेट अगाडि रहेको रामजानकी मन्दिरको जग्गामा निर्माण गरिएका व्यापारिक सटरहरु महानगरपालिकाले भत्काएको थियो । विगत ४ दशकदेखि मन्दिरका पुजारीले सडकसंग जोडिएको मन्दिरको जग्गामा भवन निर्माण गरि भाडा असुल्दै आएका थिए । खाली जग्गाको तीनतर्फ अवैध कब्जा गरि संरचना निर्माण गरिएका थिए ।

महानगरपालिकाले मन्दिरको जग्गामा अवैध रुपले निर्माण गरिएका संरचना हटाउन खोज्दा मन्दिरका पुजारी शम्भुनाथ तिवारीले महानगरविरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत जनकपुरको अस्थाई इजलास वीरगन्जबाट निषेधाज्ञा जारी गराएका थिए ।

२०७९ फागुन ४ मा पुजारी तिवारीको पक्षामा भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले उच्च अदालतमा निवेदन दिएको थियो ।

०७९ चैत २४ मा न्यायाधीश सारंगा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरको पक्षमा फैसला गरेको थियो । आफ्नो पक्षमा फैसला आएको भोलिपल्ट विहानै महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा मन्दिरको खाली जग्गामा निर्माण गरिएका संरचना हटाइएको हो ।

स्थानीयलाई मन्दिर प्रवेशमा रोक लगाई शम्भुनाथ पुजारीले खाली जग्गामा निर्माण गरिएका भवनहरु भाडामा लगाएर भाडा असुल गर्दै आएका थिए । वि.सं. १९८२ देखि रामजानकी मन्दिरको नाममा रहेको खाली जग्गामा तीनतर्फबाट भवन निर्माण गरिएको थियो । अतिक्रमण हटाएर मन्दिरलाई हाल पुरानै संरचनामा ल्याइएको छ । महानगरले मन्दिरमा सौन्दर्यकरण गरेको छ । दैनिक पुजापाठ समेत सुचारु गरिएको छ । पछिल्लो समय वीरगन्ज महानगर प्रमुखले सार्वजनिक जग्गा, मठ मन्दिरमा गरिएका अतिक्रमण हटाउने अभियान नै चलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]