०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जनमतका सचिव बीपी साह पितृ शोकमा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहलाई पितृ शोक परेको छ।

नेता साहका ६२ वर्षीय पिताजी रामेश्वर साह तेलिको धनुषाको रघुनाथपुरस्थित शनिबार आफ्नै निवासमा निधन भएको हो।

उनको अन्तिम संस्कार गाउँ नजिकै गरेको हो।उहाँको संस्कारमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज सुरेन्द्र मण्डल ,केन्द्रिय सदस्य अशोक साह,प्रदेश सदस्य रामबाबु साहसहितका पार्टीसहित विभिन्न राजनैतिक दलका नेता,शिक्षक ,बुद्धिजीवी ,समाजसेवीहरुको सहभागी भएका थिए।

उहाँलाई जनमत पार्टीको झण्डा ओढाएर सम्मानका साथ विदाई गरेको छ।

न्यूजमधेश परिवारले शोकको यस दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

साथै,शोक सन्तप्त सम्पुर्ण परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनि प्रार्थना गर्दै श्रद्धासुमनका साथ हार्दिक समवेदना व्यक्त गरिएको छ ।

नेता साह न्यूजमधेश अनलाइन पत्रीकाको वरिष्ठ सल्लाहकार पनि हुन।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]