३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

जनमतका नेता डा.जयकान्तद्वारा भारदह बहुमुखी क्याम्पसको भवन शिलान्यास

Logo
मनोज मोरबैता प्रकाशित सोमबार, बैशाख ३१, २०८१

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जयकान्त राउतले भारदह बहुमुखी क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गरेको छ।

हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित वीपी बिद्यालयको हाताभित्र भारदह बहुमुखी क्याम्पसको भवन निर्माण कार्यको सप्तरी निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्यसमेत रहेका नेता डा.राउत्ले आइतबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

निर्माण हुन लागेका क्याम्पसको शैक्षिक र प्रशासनिक गरी कुल ३५ कोठा रहने गरि दुईवटा भवन तिनतले बन्ने हनुमान नगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले बताए । नगरप्रमुख माझिका अनुसार कुल ११ करोड़ ३१ लाख लागतमा सो भवन निर्माण हुन लागेको उनले न्यूजमधेशलाई बताए।

सो भवन बस्नेत/उदय जेभी सिनामंगल काठमांडौले ७ करोड़ ८८ लाखमा निर्माण गर्ने ठेक्का प्राप्त गरेको हो ।

सो भवन शिलान्यास कार्यक्रममा मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंह,प्रदेश सांसद सकिल अलि,नगरप्रमुख वीरेन्द्र माझीले हनुमाननगर कंकालिनी नगरपालिकालाई शैक्षिक हबको रूपमा विकसित गरिने एकमुष्ठ प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]