०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

कमला नगरपालिकामा विभिन्न पार्टीका दर्जनौं नेता एमालेमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख ३१, २०८१

जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रिय सदस्य तथा पुर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा कमला नगरपालिका-४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र चौरवार यादवय,लोसपाका नेता रामनारायण सल्हैता,माओवादी केन्द्रका श्याम मण्डल ,कांग्रेसका किसुन यादव,रुपेश यादवसहित दुई दर्जनौं भन्दाबढी नेताकार्यकर्ताहरुलाई पुर्वमन्त्री अरगरियाले गम्छा टीका लगाएर पार्टीमा भित्र्याएका हुन् ।

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य संजिव कुमार झा ‘सुरज’ ,पार्टीका प्रदेश कमिटी सदस्य ,जिल्ला कमिटी सदस्य ,नगर कमिटीका अध्यक्ष दिपेन्द्र यादवसहित नगरका नेताकार्यकर्ताहरुको उपस्थितिमा विभिन्न पार्टीका नेताकार्यकर्ता पार्टी प्रवेश गरेको हो।

उक्त पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले कमला नगरपालिका -४ का वडा कमिटीका अध्यक्ष राम शंकर मोरबैताको अध्यक्षतामा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]