१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारी निलम्बन

Logo
प्रकाशित बिहिबार, आश्विन ०९, २०७६

राजेन्द्र महतो,लहान।ह्याकरसँग मिलेर रकम चोरीमा संलग्नता देखिएपछि कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरिएको छ ।

अनुसन्धान गर्न कृषि विकास बैँकले लहान शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएकोउपप्रबन्धक दिर्घ अर्यालले बताएका छन। पुष्टि गरेका छन ।
बैंकका उपप्रबन्धक अर्यालले बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको जानकारी गराउदै चोरिएको सवै रकम शाखाको ब्याज आम्दानी भएको बताएका छन ।
बैंकका कर्मचारीसँग मिलेर रुपैया चोरी गरेको आरोपमा अहिले १२ जनालाई प्रहरीले पक्राउ गरी आबश्यक कारबाही तथा अनुसन्धानको प्रक्रिया अगाडी बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]