३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

विकास निर्माण ठेक्का सेनालाई दिनुभन्दा निजी क्षेत्रलाई भरोसा गर्नुपर्छः सीके राउत

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ०४, २०८१

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्।

शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए।

डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको बताए। पुल निर्माण गर्न जम्मा ५ लाख रुपैयाँ विनियोजन गर्ने परिदृश्य रहेको भन्दै उनले स्रोत साधन सुनिश्चित नभए पनि योजना हाल्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। आवश्यक बजेट नहुँदै योजना बजेटमा समावेश गर्न नहुने उनको तर्क छ।

बजेट १५ खर्ब मात्रै छ तर प्रतिफल नआउने परियोजनामा लगानी गर्न नहुने उनले बताए। भ्यूटावरदेखि व्यावसायिक सञ्चालन भएर पनि लागत उठाउन नसक्ने अवस्थामा पुगेका विमानस्थलको उदाहरण दिँदै राउतले विदेशी लगानी प्रतिबद्धता किन आएन भन्नेमा गम्भीर समीक्षा राज्यले गर्नुपर्ने बताए।

राउतले सेनालाई विकास निर्माणको जिम्मा दिँदा लागत बढेर जाँदासमेत कारवाही गर्न नसकेको भन्दै निजी क्षेत्रलाई विकास निर्माणमा भरोसा गर्नुपर्ने बताए। सेना र सरकारले निर्माण गर्नुभन्दा निजी क्षेत्रलाई अवसर दिनुपर्ने उनको भनाइ छ।

निर्माण व्यवसायीले धेरै वटा ठेक्का हातमा राख्ने तर समयमा काम नसक्ने परिपाटी अन्त्य हुनुपर्ने राउतले बताए। सरकारले काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरे उल्टै राज्य पीडित हुनुपर्ने अवस्था रहेको बताए।

काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने र ठेक्का तोड्नेबाहेक अरु कारवाही सरकारले गर्न नसक्ने अवस्था रहेको भन्दै राउतले त्यो गरे नयाँ ठेक्कामा जान अधिक समय लाग्ने भएकाले थप ढिलासुस्तीको सिकार राज्य हुनुपर्ने अवस्था रहेकाले कानुनी सुधार गर्नुपर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]