२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ०४, २०८१

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ ।

आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो ।

गत मंसिर १७ गते स्थापना गरिएको कार्यलयले मंसिर २७ गतेबाट सेवा सञ्चालन गरेको थियो । कार्यलयका प्रमुख राकेश कुमार यादवले पहिलो चरणमा राजस्व संकलन, सवारी साधन सञ्चालनका लागि रुट अनुमति दिने, चालक अनुमतिपत्र तथा ब्लुबुक नवीकरणलगायतको सेवा प्रवाह गरिएको बताउनुभयो । उहाँले आजबाट चालक अनुमति पत्रको लागि प्रयोगात्मक सेवासमेत सुरू गरिएको जानकारी दिनुभयो ।

कार्यलय प्रमुख यादवका अनुसार अब कार्यालयबाट साना र ठूला बस तथा ट्रकबाहेक सबै किसिमका चालक अनुमतिपत्रका लागि ‘ट्रायल’ लिन सुरु गरिएको हो ।

यातायात व्यवस्था विभागको निर्णयअनुसार तत्काल सर्लाहीका लागि प्रतिदिन दुई सय मोटरसाईकल, ५० स्कुटर, एक सय जिप तथा कार, १० अट्टो रिक्सा, ५० ट्रयाक्टर र ३०÷३० वटा जेसिबी तथा डोजरको कोटा तय भएको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]