०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

छ वर्षीय छोराद्वारा पत्रकारलाई दागबत्ती

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ ०५, २०८१

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उहाँको ६ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको कारले किचेर ह’त्या गरेको बुझिएको छ।

कारले ठक्कर दिँदा जनकपुरको थापाचोकमा उनको निधन भएको थियो । जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार आज बिहान बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार रहेको प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारले ठक्कर दिएपछि घाईते भएका पत्रकार रोहितालाई सोही कारले ब्याक गरेर पुन किचेर मारेको उनीसँगै रहेका उनका साथीले प्रतिक्रिया दिएका छन् ।

दुई साथीसँग डेरा फर्किदै गर्दा मधेश भवनतर्फबाट तीव्र गतिमा आएको कारले पत्रकार रोहिताको मोटरसाईकललाई ठक्कर दिएको बताईएको छ । प्रदेश प्रहरी कार्यालयबाट पूर्वतर्फ मोटरसाईकल क्रस गर्न खोज्दा थापाचोकस्थित रहेको टावर लाईटस्थित नै उनलाई कारले उडाएको हो । कारले उडाएपछि पनि समान्य बोलचाल गरेका पत्रकार रोहितालाई कारले पुनः ब्याक गरेर किचिदिएको उनका साथी रुपेश गोहिबारले प्रतिक्रिया दिएका हुन् ।

पत्रकार रोहिता धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ निवासी रहनुभएको थियो । ३२ वर्षीय रोहिता राजधानी जनकपुर अनलाइन खबरमा कार्यरत रहनुभएको थियो । प्रहरीले अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेको जनाएको छ ।

आज दिउँसो ४ बजे उहाँको अन्तिम संस्कार जनकपुरधामको गङ्गासागरस्थित स्वर्गद्वारमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]