२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

कमलामा विभिन्न पार्टीका सयौं नेताकार्यकर्ता जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ १०, २०८१

जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ता जनमत पार्टी प्रवेश गर्नुभएको छ।

अबराम मण्डलको अध्यक्षतामा कमला नगरपालिका-९ मा आयोजित पार्टी प्रवेश कार्यक्रम जनमत पार्टीका नेता दिनेश साहको प्रमुख आतिथ्यमा विभिन्न पार्टीका एक सय भन्दाबढी नेताकार्यकर्ताहरु जनमत प्रवेश गर्नुभयो।

उहाँहरुलाई जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल र कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता साहले गम्छा टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

उक्त कार्यक्रममा कांग्रेस ,एमाले र जनता समाजवादी पार्टी नेपालका विभिन्न पदमा रहेका नेताकार्यकर्ता र महिला नेतृहरु पार्टी प्रवेश गर्नुभएको छ।

सो कार्यक्रममा विशिष्ट अतिथिमा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितिको सल्लाहकार जगत लाल मण्डल ,जनमत पार्टीका राष्ट्रिय परिषद सदस्य जय नारायण साह,प्रदेश सदस्य दिपेन्द्र कुमार तेथवार रहेको थियो।

नवप्रवेशीहरुलाई जनमत पार्टीमा स्वागत गर्दै उहाँहरुको राजनीतिक यात्राको सुखद रहोस् भने वक्ताहरुले शुभकामना दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]