२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

अधिकार प्राप्तिको लागि दर्जनौं महिलाहरु जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ११, २०८१

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा आफ्नो अधिकार प्राप्तिका लागि दर्जनौं महिलाहरु पार्टी प्रवेश गरेकी छिन् ।

शहिदनगर नगरपालिका-५ हरबरामा आयोजित एक कार्यक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नगर सदस्य शिला देवी मण्डल ,नेकपा एमालेकी अमृती कुमारी मण्डल ,दुलारी देवी शर्मा,आशा मण्डलले प्रवेश गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले बताए ।

उनका अनुसार जनता समाजवादी पार्टी नेपालकी सवित्री देवी केवट, रानिबती देबि मण्डल , जितो देबि मण्डल , चन्द्रकला देबि , रिता देबि शर्मा , नेपाली कांग्रेसकी फुलकुमारी देबि मण्डल,  रामदुलारी देबि मण्डल र निर्मला कुमारी पासमानलगाइत एक दर्जनभन्दा बढी महिला नेत्रीहरु जनमत प्रवेश गरेको हो ।

नवप्रवेशीहरु महिला नेत्रीहरुलाई जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले मधेशी महिलाहरुलाई पनि आफ्नो अधिकारको प्राप्तिको लागि जनमत पार्टीमा जुडन आग्रह गरिएको छ।उनले जनमत पार्टी सबैको साझा पार्टी रहेकोले यस पार्टीमा लाग्न आवश्यकता रहेको   बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]