२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

अधिकार प्राप्तिको लागि दर्जनौं महिलाहरु जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ११, २०८१

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा आफ्नो अधिकार प्राप्तिका लागि दर्जनौं महिलाहरु पार्टी प्रवेश गरेकी छिन् ।

शहिदनगर नगरपालिका-५ हरबरामा आयोजित एक कार्यक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नगर सदस्य शिला देवी मण्डल ,नेकपा एमालेकी अमृती कुमारी मण्डल ,दुलारी देवी शर्मा,आशा मण्डलले प्रवेश गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले बताए ।

उनका अनुसार जनता समाजवादी पार्टी नेपालकी सवित्री देवी केवट, रानिबती देबि मण्डल , जितो देबि मण्डल , चन्द्रकला देबि , रिता देबि शर्मा , नेपाली कांग्रेसकी फुलकुमारी देबि मण्डल,  रामदुलारी देबि मण्डल र निर्मला कुमारी पासमानलगाइत एक दर्जनभन्दा बढी महिला नेत्रीहरु जनमत प्रवेश गरेको हो ।

नवप्रवेशीहरु महिला नेत्रीहरुलाई जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले मधेशी महिलाहरुलाई पनि आफ्नो अधिकारको प्राप्तिको लागि जनमत पार्टीमा जुडन आग्रह गरिएको छ।उनले जनमत पार्टी सबैको साझा पार्टी रहेकोले यस पार्टीमा लाग्न आवश्यकता रहेको   बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]