२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

सीके राउतद्वारा नौलो गणतन्त्र आन्दोलनको घोषणा

Logo
राजेन्द्र राम प्रकाशित मंगलबार, जेठ १५, २०८१

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबार आमसभाको आयोजना गरी अध्यक्ष राउतले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेका हुन्। यसलाई उनले ‘नौलो गणतन्त्र आन्दोलन’ नाम दिएका छन्।

देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उल्लेख गर्दै राउतले आन्दोलनको घोषणा गरेका हुन्। गणतन्त्रलाई सुधार गर्नका लागि गणतन्त्र दिवसको अवसर पारेर आन्दोलनको घोषणा गरिएको उनको भनाइ छ।

घोषणासभामा सहभागी हुन तराई-मधेशका विभिन्न भागबाट सर्वसाधारण काठमाडौं आएका छन्। उनीहरू र्‍याली सहित भृकुटीमण्डप पुगेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]