१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

भारत लैजाँदै गरेको युवतीलाई सशस्त्र प्रहरीले गरे उद्धार

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ १६, २०८१

जनकपुरधाम । भारत लगिरहेका एक युवतीलाई सशस्त्र प्रहरीले जनकपुरधामबाट उद्धार गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेसनबाट १८ वर्षीय काजल मुखियालाई सशस्त्र प्रहरीले उद्धार गरेका हुन् ।

काजललाई जनकपुरबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बेस रेल्वेबाट सशस्त्र प्रहरी असई महेश राईको नेतृत्वमा खटिएको टोलीले शंकाको आधारमा सोधपुछ गरेपछि उनिलाई भारत लगिरहेको बुझिएको छ।

काजललाई भारत लग्नबाट सशस्त्र प्रहरीले उद्गार गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी दर्शन गिरिले बताए ।

एसपी गिरिका अनुसार काजललाई भारत लगिरहेका व्यक्तहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय धनुषालाई बुझाएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]