१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

महोत्तरीका विद्यालयमा पनि गर्मी बिदा

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ १७, २०८१

जलेश्वर, १७ जेष्ठ । तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा आजदेखि गर्मी बिदा दिएको छ ।

जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि यही जेठ २० गतेसम्म चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको छ । जिल्लाको तापमान उच्च हुँदै गएको र त्यसबाट विद्यालयमा पढ्ने स–साना बालबालिका प्रत्यक्ष रूपमा प्रभावित हुन थालेपछि नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी चार दिनका लागि गर्मी बिदा दिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।

त्यसैगरी महोत्तरीको सोनमा गाउँपालिकाले पनि आजैदेखि लागू हुनेगरी आफ्नो नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको गाउँपालिकाका शिक्षा संयोजक राजकुमार साहले बताउनुभयो ।

उहाँले गाउँपालिकाका सबै विद्यालयमा आज र जेठ १८ गते गरी दुई दिन आकस्मिक बिदा गरिएको बताउनुभयो । साथै तापक्रममा अझै वृद्धि भए वा गर्मी बढी भएपछि पालिकाले पुनः बिदा थप गर्ने शिक्षा संयोजक साहले बताउनुभयो । महोत्तरीमा केही दिनदेखि निरन्तर रूपमा ४० डिग्रीभन्दा माथि तापक्रम, तातो हावा र ‘लू’ चलेर जनजीवन प्रभावित भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]