०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

जनकपुर घुम्न गएका ३ जना बालिका ३ दिनदेखि बेपत्ता

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ १७, २०८१

महोत्तरी । महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न भएका तीनजना बालिका विगत तीन दिनदेखि बेपत्ता भएका छन्।

बर्दिबास नगरपालिका १ का १० देखि १३ वर्ष उमेर समूहका तीनजना बालिका गएको मंगलबार जनकपुर गएदेखि नफर्किएका अभिभावकले बताएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले पनि बालिकाहरु बेपत्ता भएको घटनाको पुष्टि गरे।

‘गएको मंगलबार जनकपुरको भाटभटेनी घुम्न भनेर गएका तीनजना बालिका घर नफर्किएका भनेर अभिभावकले हामीलाई जानकारी गराउनु भएको छ,’ डीएसपी पोखरेलले भने, ‘हामी उनीहरुको खोजी र घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’

बेपत्ता हुने बालिका एउटा १० वर्षकी छन् भने बाँकी २ जना १३-१३ वर्षका छन्।

उनीहरु बर्दिबासमै रहेको देउराली मावि र ग्लोवल एकेडेमीमा अध्ययनरत रहेका आफन्तले बताएका छन्।

बर्दिबास नगरपालिका- १ का वडाध्यक्ष भोला खड्काले हराएका बालिकाको विषयमा थप बुझ्ने काम आफूले पनि गरिरहेको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]