०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

मधेशका मुख्यमन्त्री यादवको प्रेस सल्लाहकार अग्रहरीले दिए राजीनामा

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ १८, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवका प्रेस सल्लाहकार सिताराम अग्रहरीले राजीनामा दिएका छन् ।

०७९ फाल्गुन १९ मा अग्रहरी मुख्यमन्त्री यादवको प्रेस सल्लाहकार नियुक्त भएका थिए । मुख्यमन्त्री यादवसँग असन्तुष्टी पोख्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

‘करिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दै छु,’ उनले सामाजिक संजालमा लेखेका छन्,‘आफैसँग खुश छैन । दुस्ख लाग्दछ( सोचेको केही हुन सकेन । मेरो क्षमताको एक अंश पनि उपयोग हुन सकेन ।’

अग्रहरी गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक हुन् । कोशी प्रदेशका उनी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको आग्रहमा मधेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकार नियुक्त भएका थिए ।

उनले अध्यक्ष यादवसमक्ष राजीनामाको प्रस्ताव पहिले नै राखेको तर अस्वीकार गरेको पनि उल्लेख गरेका छन् ‌। उनले भनेका छन्,‘धेरै पहिले छाड्नुपर्थ्यो, आदरणीय अध्यक्ष ज्यू समक्ष मैले प्रस्ताव पनि गरेको हुँ । तर उहाँले स्वीकार गर्नुभएन । जेहोस् एउटा नयाँ अनुभव लिएर जाँदैछु मायाको ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]