०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

भज्जका बिधालयमा चोरी गर्ने दुई प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

राजबिराज । सप्तरीको सुरुङ्गा नगरपालिका स्थित भज्जका बिधालयबाट विभिन्न सरसमान चोर्ने स्थानीय दुई जना चोरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

असोज ८ गते रातीको समयमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.११ स्थित रहेको जनता माध्यमिक विधालय खैजनपुर भज्जका स्कुलको कार्यालय कोठामा बिद्यालय प्रयोजनको लागी राखिएको कम्प्यूटरको मोनिटर थान १, ब्रदर कम्पनीको फोटो कपी मेसिन थान १, बज्ने स्पीकर थान २, स्टेण्ड फेन १ थान, चिया पकाउने केतली १ थान, स्वीच वोर्ड थान १, आई.सि.टि.ई.हाजिरी मेसिन थान १ तथा सो को चार्जर थान १ र राउटर थान १ चोरी भएको थियो ।

उक्त समान चोरी भएको भनि उजुरी अधारमा इलाका प्रहरी कार्यालय कडरबोनाले अनुसन्धान गर्दै जादा असोज ९ गते सुरुङ्गा नगरपालिका वडा नं.११ वस्ने वर्ष १९ को सुरेश चौधरी र वर्ष १९ को दिपेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुबै जनालाई सोधपुछ गर्दै गर्दा निजहरुले नै उक्त सामानहरु चोरी गरेको भनि खुलेकोमा माथि उल्लेखित चोरी भएका सामानहरु सुरुङ्गा ११ स्थित अधिकलाल चौधरीको धान खेतमा लुकाई छिपाई राखेको अवस्थामा चोरीका सम्पुर्ण सामानहरु बरामद गरिएको जनाएको छ ।

यता उक्त घटनामा संलग्न निज दिपेश कुमार चौधरी र सुरेश चौधरीलाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]