२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

धनुषामा गहुँ उत्पादनमा कमी

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ १८, २०८१

जनकपुरधाम । धनुषामा गहुँको उत्पादनमा कमी आएको छ । जिल्ला कृषि ज्ञान केन्द्र धनुषा, जनकपुरधामका अनुसार चालु आर्थिक वर्षमा ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती गरिएकामा ५७ हजार पाँच सय मेट्रिकटन गहुँ उत्पादन भएको छ ।

गत वर्ष भने ३४ हजार हेक्टर क्षेत्रफलमा गहँु खेती गरिएकामा एक लाख १५ हजार ६ सय मेट्रिकटन उत्पादन भएको थियो ।दुवै आर्थिक वर्षबीचको तुलना गर्दा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा १८ हजार चारसय ५० मेट्रिकटन गहुँ कम उत्पादन भएको छ ।

यसबाट किसानलाई रु ७३ करोड ८० लाख घाटा भएको छ । अहिले प्रतिक्विन्टल रु पाँच हजारको दरले गहुँ बिक्री वितरण भइरहेको छ ।

यसवर्ष गहुँखेतीको क्षेत्रफलमा आएको कमी तथा मल र पानीको अभावका कारण गहुँ उत्पादनमा ह्रास आएको कार्यालयका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]