३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित !

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ १९, २०८१

जकनपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ ।

एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच शुक्रवार छलफल भयो । छलफलमा जनमतको नेतृत्वको सरकार बनाउने सहमति जुटेको हो ।

ओली र प्रधानमन्त्री प्रचण्डसँगको शुक्रबार भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले केन्द्रीय सत्ता गठबन्धनलाई नै समर्थन गर्ने संकेत दिएपछि जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने बाटोमा राजनीतिक कोर्ष अघि बढेको छ ।

एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरण अनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि विकल्पमा जनमतलाई अघि सार्ने तयारी एमाले र माओवादीको छ ।

एमाले र माओवादी सरकार छाडेपछि अल्पमतमा परेका मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २३ जेठमा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसअघिकै बहुमतसहित जनमतको सरकार बनाउने कसरतमा सत्ता गठबन्धनका नेताहरु लागेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]