२२ माघ २०८२, बिहिबार
05-02-2026 , Thu
×

जसपा नेपालमा उम्मेदवारको दस्तुर निर्धारण

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ १९, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा उम्मेदवार हुनेहरुलाई दस्तुर निर्धारण गरेको छ। पार्टीले तयार पारेको निर्वाचन निर्देशिकामा अनुसार पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको दस्तुर निर्धारण गरेको हो।

अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

उनका अनुसार केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार तिर्नुपर्नेछ। जसपा नेपालको राष्ट्रिय महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ।

जसपाले यसअघि नै महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदन पारित गरिसकेको छ। हालै अशोक राईले ७ सांसद लिएर पार्टी विभाजन गरेर हिँडेपनि उपेन्द्र यादवले तोकिएकै समयमा महाधिवेशन गर्न लागेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]