२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

सुरु भयो वडा दशैं आज पहिलो दिन घटस्थपना

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

जनकपुरधाम । आजबाट हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको छ । आज घरघरमा घटस्थपना गरी दशैं शुभारम्भ गरिन्छ । यस बर्षको असोज २१ गते विजया दशमी परेको छ । दुर्गाले महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्यजनबाट टिका र आशिर्वाद थाप्ने चलन छ ।

आजबाट नेपाली हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको छ । आज घरघरमा घटस्थपना गरी दशैं शुभारम्भ गरिन्छ ।

दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, दुमरी र पाखीको पात) राखेर जौ र मकै छरेर घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्बीहरूले भने पञ्चमकारसहित तान्त्रिकविधिले ठूलो भगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पंगमाटोमा जौ र मकै छरेर जमरा राखी घटस्थापना गर्छन् ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन बिहान सबेरै एक/एक तीर्थमा स्नानका साथै एक/एक शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने गरिन्छ । विजयादशमीको दिन गुह्येश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुह्येश्वरी माईको पूजा अर्चना गरी नवरात्रि मेला समापन गर्दछन् । नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्रि भनेको बताइन्छ ।

यस बर्षको असोज २१ गते विजया दशमी परेको छ । दुर्गाले महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्यजनबाट टिका र आशिर्वाद थाप्ने चलन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]