०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

मुख्यमन्त्री यादवद्वारा जमुनी सिचाई आयोजनाको निरीक्षण

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ १९, २०८१

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले जमुनी सिचाई आयोजना अन्तर्गत मोरहा पक्की बाँधको स्थलगत निरीक्षण गर्नु भएको छ ।

प्रदेश सरकारको लगानीमा समपुरक अनुदान अन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधिन उक्त आयोजनाको सतर्कता केन्द्रको टोली सहित मुख्यमन्त्री यादवले आज स्थलगत निरीक्षण गर्नु भएको हो ।

२२ करोड ५३ लाख २३ हजारको कुल लागत मध्ये १० करोड ७४ लाख ५४ हजार ८६६ रुपैयामा ठेक्का साकारभई निर्माणाधिन उक्त पक्की बाँधको काम समयमा पुरा नहुने देखेपछि मुख्यमन्त्री यादवले सो निरीक्षण गर्नु भएको हो ।
निरीक्षणको क्रममा मुख्यमन्त्री यादवले बाँध निर्माणको कार्यलाई तिब्रता दिन ठेक्केदार कम्पनीलाई निर्देशन समेत दिनु भएको छ ।

११ सय ६८ हेक्टर कृषि योग्य भूमि सिंचित हुने उक्त पक्की बाँधले १० गाँउका करिब १६ सय ५० घर परिवार लाभान्वित हुने बताइएको छ ।

निरीक्षणको क्रममा संघीय साँसद राम कृष्ण यादव, अनिता साह प्रदेश सांसद रामअशिष यादव, सतर्कता केन्द्रका सचिव राम आधार साह सहितका टोली र सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बाँधको निरीक्षण पछि स्थानीय बासीहरुलाई सम्बोधित गर्दै मुख्यमन्त्री यादवले कृषिको विकास विना मधेशको विकास सम्भव नरहेकोले मधेश सरकार कृषि सम्बन्धित आयोजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनु भयो । उहाँले बाँध निर्माणमा कुनै प्रकारको समस्या हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

त्यसै गरि मुख्यमन्त्री यादव र प्रदेश सांसद राम अशिष यादवले प्रदेश सरकारको एक क्षेत्र पाँच किलोमिटर कालोपत्रे आयोजना अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. २ ख मा निर्माणाधिन कप्टौल , झिटकैया, तिसियाही हुँदै मधुकरही सम्मको सडकको स्थलगत निरीक्षण समेत गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]