११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

मधेसका २ मन्त्री फिर्ता बोलाउँदै एकीकृत समाजवादी

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २०, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

मधेस प्रदेश सरकारबाट एमाले र माओवादी फिर्ता भैसकेका छन् । सो प्रदेशमा नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र जनमत र एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारी छ ।

सोही तयारी अनुसार एकीकृत समाजवादीले यादव नेतृत्वको सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीलाई फिर्ता बोलाउने तयारी गरेको एकीकृत समाजवादीका एक पदाधिकारीले बताए ।

‘आज हाम्रो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने र नयाँ सरकार गठन गर्ने तयारी छ’, ति पदाधिकारीले भने, ‘नयाँ सरकार जनमतको नेतृत्वमा बन्छ ।’

यद्यपि सरकारबाट फिर्ता हुनेबारे पार्टी नेतृत्वबाट आइतबार बिहानसम्म कुनै सूचना आइनसकेको मन्त्री न्यौपानेले बताए । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मधेसमा नयाँ सरकार गठन गर्ने केन्द्रीय सहमति भएकाले सहमति पालना गर्नुको विकल्प नभएको बताए ।

‘केन्द्रीय सहमति अनुसार मधेसमा नयाँ सरकार बन्छ । नयाँ सरकार बन्ने भएपछि हाल सरकारमा रहेका हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ’, खनालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]