०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

कमलामा विभिन्न पार्टीका एक दर्जन नेताकार्यकर्ता जनमतमा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २०, २०८१

जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार कमला नगरपालिका-४ सघारामा राखिएको भेटघाट कार्यक्रममा कांग्रेससहित विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका पुराना नेता किशोरी मण्डल ,परिक्षण मण्डल ,जोगि यादव,भगत लाल मण्डलसहित एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टी प्रवेश गरेको छ।

नवप्रवेशी नेताकार्यकर्ताहरुलाई गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका सल्लाहकार दिनेश साहु,जगतलाल मण्डल र जनमत पार्टी मधेश प्रदेश सदस्य दिपेन्द्र कुमार तेथवारले संयुक्त रुपमा पार्टी प्रवेश गराएको छ।

नवप्रवेशीहरुलाई जनमत पार्टीका नेता दिनेश साहुले मधेशको पहिचान झल्काउने गम्छा ओढाएर पार्टीमा स्वागत गर्दै पार्टीको सदस्यतासमेत प्रदान गरेको छ।

जनमत पार्टीका नेता रामदयाल मुखिया,किशोरी भण्डारीको उपस्थितिमा उनिहरु पार्टी प्रवेश गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]