११ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा वृक्षरोपण

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम। आज विश्व वातावरण दिवसको अवसरमा शंकर माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका-५ बनरझुलामा रहेको शंकर माध्यमिक विद्यालय परिसरमा वातावरण दिवसको अवसरमा विभिन्न जातका ३० वटा बोटविरुवा रोपिएको विद्यालयका शिक्षिक रबिन्द्र साहले बताए।

त्यसअवसरमा शंकर माध्यमिक विद्यालयका प्र.अ प्रदिप यादवको उपस्थिति विद्यालयको परिसरलगाइतका ठाउँहरुमा विभिन्न प्रजातिका बोटविरुवा रोपिएको छ।

यस विद्यालयमा अध्ययनरत छात्रछात्रा र विद्यालयमा कार्यरत शिक्षकशिक्षिकाहरुको उपस्थितिमा विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको शिक्षिक साहले भने।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]