२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

मधेशमा जसपा सत्ताबाट आउट,सरोज यादवले पाएनन् विश्वासको मत

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन् ।

मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित नभएको घोषणा गरे । उनले मुख्यमन्त्रीमाथि विश्वास रहेको भन्दै पक्षमा ५० र विश्वास नरहेको भन्दै विपक्षमा ५३ मत परेको बताए । उनका अनुसार कूल १०३ सांसद बैठकमा उपस्थित थिए ।

जसपा नेपालका दलका नेता समेत रहेका मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् ।

गत वैशाख ३० मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा जेष्ठ २२ मा नेकपा एसले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो । त्यसअघि उनको दल जसपा नेपाल विभाजन भएकोले आजै विश्वासको मत लिनुपरेको छ ।

यादव ०७९ पौष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका उनी पाँचौं पटकमा असफल बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]