०४ मंसिर २०८२, बिहिबार
20-11-2025 , Thu
×

मधेश प्रदेश प्रमुख भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् ।

प्रदेश प्रमुख कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘…संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८१/०२/२५ गते शुक्रवार विहान १०ः०० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न माननीय प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीज्यूले आव्हान गर्नु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

जसपा नेपाल संसदीय दलका नेता यादव १७ महिना अगाडी मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले सत्ता गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका थिए । तर पाँचौं पटकमा विश्वासको मत गुमाएसंगै साढे ६ वर्षपछि मधेशको सत्ता जसपा नेपालले गुमाएको छ ।

आज प्रदेशसभामा मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका थिए ।

अब प्रदेशमा सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र नेकपा एसले सरकारको दावी गर्नेछन् । सरकारको नेतृत्व जनमतलाई दिने सहमती भइसकेको छ । जनमत पार्टीबाट दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]