०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

जनमतका सतिश कुमार मधेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त

शपथ १२ बजेर २१ मिनेटमा
Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ २५, २०८१

जनकपुरधाम ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त गरेकी छन् । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए । मुख्यमन्त्रीमा नियुक्त भएका सिंह शुक्रबार बिहान १२ बजेर २१ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

एक विशेष समारोहबीच प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सिंहलाई शपथ ग्रहण गराउने तयारी भएको छ । मुख्यमन्त्रीमा सिंहले शपथ गरेलगत्तै ११ सदस्यीय मन्त्रीमण्डलसमेत गठन गर्ने तयारी छ । मुख्यमन्त्री सिंहले शपथ लिने समारोहमा नै सबै मन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराइने माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

६ दलबीच बिहीबार अबेर राति मन्त्रालयको बाँडफाँट भएको छ । अर्थ मन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त हुँदैछन् ।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव(महोत्तरी) भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एस)बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एस)की बेंची लुङेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी तोक्ने तयारी छ ।

एमालेको भागमा स्वास्थ्य, शिक्षा र खेलकुद मन्त्रालय पनि परेको छ । एमालेले यी तीन मन्त्रालयमा कसलाई पठाउने निर्णय गर्न बाँकी छ । यस्तै, जनमत पार्टीको भागमा वन तथा वातावरण मन्त्रालय परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]