२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जनकपुरमा विद्यालयको जग्गा कब्जा गर्न खोजेपछि तनाव !

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

जनकपुरधाम ।जनकपुरधामको शिवपुरमा अवस्था तनावग्रस्त बनेको छ । समुदायिक विद्यालयको जग्गामा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुरस्थित रहेको जनता माविको करिब ३ कठ्ठा जग्गा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।

पुलचोकभन्दा उत्तर र ५२ विघाभन्दा मात्र १०० मिटरको दुरीमा रहेको जनता माविको करिब ३ कठ्ठा जमिनमा मुस्लिम समुदायले नमाजको लागि स्थल बनाउनुपर्ने अडानमा रहेका छन् । सो जमिनमा यसअघि नै मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयबाट योगशिविर भवनको लागि बजेट आएकोमा मुस्लिम समुदायहरुले त्यहाँ भवन बन्न दिएनन् ।

भवन बन्न नदिएपछि मन्त्रालयका सचिव एवम् समाजसेवी समेत रहेका डा. प्रमोद कुमार यादवले आफ्नो नीजी ९ धुर जग्गा दिएर योगशिविर भवन बनाउने प्रयास गरेका थिए । सोही विद्यालयको जमिनको पछाडी रहेको डा. प्रमोदको जग्गामा योगशिविर बनाउने प्रस्ताव भएको थियो ।

सो जग्गा डा. प्रमोदले समाजिक हकहितको लागि दान दिएका थिए, तर त्यहाँसम्म पुग्न सोही विद्यालयको जग्गा भएर जानुपर्ने बाटो मात्र भएकोमा बाटो छुटयाउन भनेपछि मुस्लिम समुदायले विवाद उचालेको बताईएको छ ।

७ बर्षदेखि विवादित रहेको सो जग्गामा अदालतले मुस्लिम समुदायलाई दुई समय नमाज पढन अनुमति दिएको थियो । तर बाटो नलागेको अवस्थामा समाजिक रुपमै योगशिविर भवनसम्म आवतजावतको लागि बाटो छुटयाइदिन भनेपछि मुस्लिम समुदायले बलजोरी गरेपछि विवाद उत्पन्न भएको हो ।

योगशिविरको लािग सो जग्गा नदिएपनि कमसेकम बाटो दिनुपर्ने धारणा त्यहाँका समाजको थियो । तर, मुस्लिम समुदायले भने बाटो समेत नदिने अडान गरेपछि बाँकीका समुदायले प्रतिवाद गरेको जनाईएको छ ।

अहिले सो स्थानमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ । धनुषाका एसपी भुवनेश्वर तिवारीको कमाण्डमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको हो । अवस्था अहिले तनावग्रस्त रहेको छ भने मिलाउने प्रयास भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]