२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

सभामुख कृष्णबहादुर महराले दिए राजीनामा

Logo
प्रकाशित मंगलबार, आश्विन १४, २०७६

काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको छ। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्।

आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो।

ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि विरोध हुँदै आएको थियो । तर सभामुखको नीजि सचिवालयले भने उक्त आरोप झुटो रहेको भन्दै खण्डन गरेको थियो।

‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रशन उठाई लगाएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताको आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिने बेलासम्मको लागि राजीनामा दिएको छु’ महराद्वारा उपसभामुखलाई बुझाइएको राजीनामा पत्रमा लेखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]