१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मधेश प्रदेश सरकारले बिगत भन्दा फरक बजेट ल्याउने : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज शनिबार अगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्न लागेको छ ।

मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले प्रदेश सभाको बैठकमा अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्नुहुने समय निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप मधेश सरकारले आज बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्री साहले जानकारी दिनुभएको छ ।

बजेटको आकार चालु आर्थिक वर्षको बजेट भन्दा कम हुने बुझिएको छ। चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले प्रदेशबासीलाई बिगत भन्दा फरक अनुभूति हुने खालको बजेट ल्याउन लागेको मुख्यमन्त्री सतिश कुमार सिंहले बताउनुभएको छ। अगामी आर्थिक वर्षका लागि सदनमा प्रस्तुत २७ पृष्ठका दुई सय २७ बुँदे नीति तथा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन हुने बजेट मधेश प्रदेश सरकारले ल्याउन लागेको उहाँले बताउनुभयो।

बजेटमा बजेटमा गरिबी निवारण, रोजगरी सृजना, चुरे संरक्षण, कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार र पर्यटकीय क्षेत्रको विकास लगायतका सबै क्षेत्रलाई प्राथिमकतामा राखिएको मुख्यमन्त्री सिंहले बताउनुभयो ।

टुक्रे योजनालाई अबको बजेटमा समावेश नगरिएको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]