२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

तिनकौरियामा विदेह सांस्कृतिक कार्यक्रम सुरु

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आषाढ ०१, २०८१

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको आयोजनामा आज असार १ गते धनुषाको तिनकौरियामा विदेह सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गरिएको छ ।

यस कार्यक्रममा संस्कृति झल्किने प्रस्तुत गर्नुका साथै मैथिली कला क्षेत्रमा निरन्तर योगदान पु¥याउनुहुने विभिन्न विधाका श्रष्टाहरुलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको कुरा संस्थाको निर्देशक संतोष राज सहनीले जानकारी दिएका छन् ।

कार्यक्रमको उद्घाटन विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले दिप प्रजल गरि गरेका थिए ।

कार्यक्रममा एस. राज प्रोडक्सनसका अध्यक्ष सन्तोष राज सहनी, मैथिलि गायक ललित कामत, मुकेश, रोशन मण्डल, राजिव रन्जन, गायिका सोलिना कुँवरलगायतका महानुभावहरुले मिथिला लोककला र चलचित्रको दशा, दिशा एवं दुर्दशाको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कला संस्कृति र युवा पुस्तालाई आफ्नो संस्कृतिप्रति उत्तरदायी बनाउन हाम्रो अभियान निरन्तर जारी रहने कुरा फाउण्डेशनका निर्देशक सहनीले जानकारी दिएका छन् ।

यस कार्यक्रममा सम्पूर्ण कलाअनुरागीलाई कार्यक्रममा सहभागी भएर सफल बनाउन पनि अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]