१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

एन्फा धनुषा लिग फुटबल लिगको उपाधि बेंगाडाबरलाई हराउँदै धारापानीले बाजी मारे

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आषाढ ०४, २०८१

जनकपुरधाम। एन्फा धनुषा जिल्ला लिग फुटबल प्रतियोगिता २०८०/०८१ को उपाधि यज्ञभुमि युवा समाज धारापानीले जित्नुभएको छ।

ज्नकपुरधाम उपमहानगरपालिका -१३ स्थित कबडहलको खेलमैदानमा आज भएको फाइनल खेलमा बेंगाडाबरलाई हराउदै ०-१ गोलले जनकपुरधाम स्थित कर्भडहल फुटबल मैदानमा मंगलबार भएको फाइनल खेलमा यज्ञभुमि युवा समाज धारापानी विजयी भएको हो।

उक्त फाइनल खेल मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

मुख्यमन्त्री सिंहले खेलमा बिजेता टिम धारापानीलाई लिगको उपाधि नगर ५१ हजार र कप र मेडल हस्तान्तरण गर्नुभयो।

त्यसैगरी ,मुख्यमन्त्री सिंहले प्रतियोगिताको दोश्रो स्थानमा प्राप्त गरि उपबिजेता बनेका बेंगाडाबरलाई नगद ४१ हजार, कप र मेडल प्रदान गरिएको जिल्ला फुटबल संघ धनुषाका सदस्य तपेश्वर राउतले बताए ।

खेलामा उत्कृष्ट गरेका ५ विद्याका खेलाडीलाई नगद ३ हजार १ सय, मेडल र कप प्रदान गर्नुभएको संघका सदस्य राउतले बताउनुभयो ।जिल्ल फुटबल संघको आयोजना जेठ १२ गते देखि भएको खेलमा १० टिम प्रतिस्पर्धा गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]