१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

Logo
न्यूजमधेश संवाददाता प्रकाशित बिहिबार, आषाढ १३, २०८१

जलेश्वर । महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरमा आयोजना गरेको पूर्ण खोपयुक्त जिल्ला घोषणासभालाई सम्बोधन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको हो ।

उहाँले ‘खोजी खोजी खोप लगाऔँ, देशको भविष्यलाई सुनिश्चित बनाऔँ’ भन्ने नारा लगाउँदै जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीलाई पूर्ण खोपयुक्त जिल्ला बनाउनमा पु-याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आजको बालबालिका, भोलिको भविष्य रहेकाले भविष्य पूर्ण स्वस्थ्य हुनुपर्ने र त्यसका लागि सबै प्रकारका खोप अनिवार्य रहेकाले कुनै बालबालिका खोपबाट वञ्चित नहुनुपर्ने धारणा राख्नुभयो ।
महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसँगै मधेस प्रदेश पूर्ण खोपयुक्त घोषणा हुने बाटो खुलेको छ । यसै साता मधेस प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने मन्त्री सिंहले बताउनुभयो । कार्यक्रमका अध्यक्ष महोत्तरी जिल्ला समन्वय समिति तथा खोप समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णलाई मन्त्री सिंहले पूर्ण खोपयुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्दै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको थियो ।
सोही कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव राय, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्वास्थ्य कार्यालय प्रमुख सुनिता गुप्तालगायतले जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]