१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

समाज निर्माणमा युवाहरुको भूमिका अपरिहार्य : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज निर्माणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ४ रामचोकस्थित श्रीराम युवा कमिटीको नवनिर्मित राम व्यायामशालालाई उद्घाटन गर्दै उनले यस्तो बताएका छन् ।

उनले आज भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण भएको व्यायामशालाको उद्घाटन गरेको हो । व्यायामशाला २५ लाखको लागतमा निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले बताएको छ ।

मुख्यमन्त्री सिंहले उहाँले भने, ‘अहिले धेरैजसो युवाहरु विसङ्गतिमा फसिरहेको छ। । भविष्यको कर्णधार ती युवाहरुलाई त्यसबाट टाढा राख्न युवा क्लवहरुले अहम भूमिका खेल्नुपर्छ।’ पछिल्लो समय युवापुस्ता विसङ्गतितर्फ लागिरहेको अवस्थामा यस खालका व्यायामशालाले विसङ्गतिलाई रोक्न महत्वपूण भूमिका खेल्ने मुख्यमन्त्री सिंहले बताए ।

मधेश प्रदेश सरकारको बजेटमा युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए । सरकारले अगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागू औषधि दुव्र्ययसन न्यूनीकरण गर्न मधेश प्रदेशको ८ वटै जिल्लामा पुनस्थापना केन्द्र संचालनमा ल्याउने सरकारको तयारी रहेको मुख्यमन्त्री सिंहले बताए ।

उनले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताए ।

मुख्यमन्त्री सिंहले सबैलाई व्यायामशालाको भरपुर उपयोग गर्न आग्रह गर्दै यसको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व पनि नागरिकको रहेको बताए ।

स्वास्थ्य सेवालाई थप विस्तार गर्न नागरिक स्वस्थ रहनुपर्छ भन्ने मूल ध्येयले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी’’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी स्वस्थ्य नागरिक समृद्ध प्रदेशको अभियान समेत संचालन गरिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]