२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मधेशका ८ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

जनकपुरधाम । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर मधेशका आठ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु भएको छ ।

डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मधेशको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले अभियानकाे शुभारम्भ गर्नुभएको हो । मन्त्री साहले राष्ट्रिय वृक्षरोपण दिवस २०८१ अवसर पारेर जनकपुर–जटही ६ लेन सडक खण्डमा वृक्षरोपण गर्नुभएको हो ।

मधेश सरकारले राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘एक व्यक्ति एक बिरुवा’ अभियान सञ्चालनमा ल्याएको हो ।

यो अभियानअन्तर्गत मधेशको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको मन्त्री साहले जानकारी दिनुभयो । रोपिएका बिरुवाहरूको संरक्षणका लागि समेत मन्त्रालयले उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव उद्धव घिमिरेले संरक्षणसहितको वृक्षरोपण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

मधेशमा दिनदिनै वन विनाश भइरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षरोपण मात्र नभई रोपिएका बिरुवाहरूको संरक्षण गर्ने गरी अभियान आठ वटै जिल्लामा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]