१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

औरही गापा: जनता हिड्ने सडक बर्षौ देखि हिलाम्मे , ज्ञायत्री मन्दिरको तीन तल्ले भवनमा टायल्स

Logo
डीके यादव प्रकाशित शनिबार, आषाढ १५, २०८१

जनकपुर : सिरहाको औरही गाउँपालिकामा एउटा सडक बर्षौ देखि हिलाम्मे छ। तर त्यही पालिकाले ज्ञायत्री मन्दिरको भन्ने दुई बर्षमै निर्माण सम्मान गरि तेस्रो तल्ला सम्मको निर्माण काम सम्पन्न गरि टायल्स समेत लगाइसकेको छ।

जुन सडकको हामी कुरा गर्दैछौं , त्यो त्यही सडक हो जसको साइडमा लगाइएको पर्खाल पुर्ब मन्त्री सुरेश चन्द्र यादवको हो। उहाकै घर छेउ नजिक रहेको त्यो बाटो भएर हिड्ने जनताले बिगत ७ वर्ष देखि बाटो खाटेर अर्कै बाटो बाट हिड्न बाध्य छन् ।

आफुहरु संग पुर्वाग्रह राखेरै बाटो निर्माण नगरेको स्थानीयको भनाइ छ। वर्षा याममा आफू नगए पनि गोरु पसेपछि निकै कठिनाइ हुनुको साथै करिब ३/४ महिना पानी जम्नेहुदा महामारी फैलिने हो कि भन्ने त्रास समेत हुन्छ। स्थानीय जनप्रतिनिधि लाई जति हारगुहार गर्दा पनि सुन्नै नचाहेको उनीहरुको दुखेसो छ।

आ.व.२०७९/८० र ०८०/८१ मा मात्रै पालिकाको खर्चमा २ पटक ज्ञायत्री महायज्ञ गराइसकेको छन् भने यज्ञ गराउन पुष्पा देबी साहको नाममा लिएको दुई लाख पेसकी रकमको समेत बिलभरपाइ नदिई भ्रष्टाचार गरेको महालेखा परिक्षणको प्रतिबेदनमा बेरुजु देखाइएको छ।

पालिकाले यस बर्ष मात्रै सचिवालय वयवस्थापनको नाममा तीन लाख भुक्तानी लिएको छ भने गाउँ सभा पास गराउन नियम विपरीत गाउँ सभा सदस्यहरुलाई मोबाइल बितरण गरेको खुलेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]