२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

‘प्रदेश शिक्षा नीति ल्याउने गृह कार्यमा जुट्यो मधेश सरकार’

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आषाढ १६, २०८१

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले मधेश प्रदेशको शिक्षा नीति ल्याउने गृहकार्य भइरहेको बताएका छन् ।

जनकपुरधाममा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखीले शिक्षामा समग्र सुधारका लागि प्रदेश सरकारले प्रदेश शिक्षा नीति ल्याउन गृह कार्य सुरु गरेको बताए । विद्यार्थी भर्ना तथा टिकाउ दर सम्बन्धी चुनौती र समाधानका उपाय विषयक दुई दिवसीय प्रदेश स्तरीय बृहत् शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश शिक्षा नीति ल्याएर मधेशको शिक्षामा सुधार ल्याइने बताए ।

प्रदेश गठन भएको सात वर्ष बित्न लाग्दा पनि मधेश प्रदेशमा शिक्षा नीति आउन नसकेको कारण शिक्षाको क्षेत्रमा विभिन्न खालका चुनौतीहरू देखिएको भन्दै उनले शिक्षा नीति ल्याउनकै लागि मन्त्रालयले सरोकारवाला निकायसँग विभिन्न खालका छलफलहरू चलाएको बताए । मधेश प्रदेशको बजेटमा शिक्षा क्षेत्र छैठौँ प्राथमिकतामा परेको जानकारी गराउँदै सीमित स्रोत साधनका बाबजुद आफ्नो मन्त्रालयले समाजवाद उन्मुख आधारभूत वर्गलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी गराए ।

उनले आगामी आर्थिक वर्षमा प्रदेशका केही विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्नुका साथै केही विद्यालयका बालकक्षाहरु लाई व्यवस्थित गर्न प्रदेश सरकारले आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याएको बताए । उनले खास गरेर दलित विपन्न वर्गका बालबालिकाले आर्थिक अभावका कारण विद्यालय छोड्ने गरेको भन्दै त्यस्ता खालका समस्या समाधानका लागि मन्त्रालयले दलित विपन्न वर्गका विद्यार्थीसहित अभिभावकलाई समेत सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराए ।

उनले दलित विपन्न वर्गका विद्यार्थीको अभिभावकलाई मासिक ५० केजी चामल, पाँच केजी दाल सहयोग दिने कार्यक्रम मन्त्रालयले ल्याएको बताए । एक्लो प्रयासले कुनै पनि काम सम्भव नहुने भन्दै मधेशको साक्षरता दर बढाउनका लागि मन्त्रालयले सुरु गर्न लागेको विशेष अभियानमा सबैको सहयोग आवश्यक भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]