२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

मधेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ १७, २०८१

जनकपुरधाम । सुरक्षा निकाससंगको बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रदेशको सुरक्षा व्यवस्था सम्बन्धि बैठकमा मुख्यमन्त्री सिंहले प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुखलाई मधेशमा चोरी, डकैती जस्ता घटनाहरुलाई न्यूनिकरण गर्न राती गस्ती खटाउन र तस्करीलाई रोकथाम गर्न निर्देशन दिए ।

प्रदेशमा बढ्दो महिला हिंसा,अपराधिक कृयाकलाप, आत्महत्या लगायतका घटनालाई रोकथाम गर्न प्रहरीको विशेष भूमिका रहेकोले यस्ता कृयाकलपा रोक्न समाजमा जनचेतना फैलाउन पनि आग्रह गरे ।

सुन्दर र शान्त मधेश प्रदेशको कल्पना गरे बमोजिमको अगामी कार्ययोजना बनाउन पनि मुख्यमन्त्री सिंहले प्रहरी अधिकारीहरुसँग सुझाव लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।यसका साथै प्रहरी अधिकारीहरुले पनि आफ्नो अगामी योजनाबारे मुख्यमन्त्रीलाई जानकारी गराएको थियो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा व्यवस्थाहरू बारे मुख्यमन्त्रीलाई ब्रिफिङ्ग गरेको थियो ।बैठकमा प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलसहित मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]