२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

कृषि मन्त्रीद्वारा किसानलाई दशैको शुभकामना, मधेस बैज्ञानिक खेती तिर पाईला चाल्दै

Logo
प्रकाशित बिहिबार, आश्विन १६, २०७६

 

मनोज बनैता, सिरहा । प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मधेसका किसानलाई दशैको शुभकामना व्यक्त गरेका छन । साथै उनले छिटै प्रदेश २ लाई विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रदेश २ को समृद्धिको मूल आधार कृषि नै भएको बताउँदै उनले भने ‘हालसम्म परम्परागत खेती हुँदैआएको छ, विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रलाई बढी भन्दा बढी उत्पादनशील बनाउनु जरुरी छ ।’

खासगरी धान खेतीमा मजदुर, बीउबिजन, मलखाद लगायत सम्पूर्ण खर्चहरु जोड्दा लागत नै बढी हुने गरेकोले निरास भई कृषिबाट पलायन हुने क्रम बढेको मन्त्री साहले बताए । कृषि क्षेत्रलाई हालसम्म सरकारले उपेक्षा गर्दैआएको बताउँदै उनले भने ‘विगतमा जे जस्तो उपेक्षा भयो तर अब कृषि क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ ।’

मन्त्री साहले भने कि नदीनालाहरुलाई थुनेर सिंचाई सुविधाको प्रबन्ध मिलाउने, डिप बोरिङ्ग तथा साना किसानहरुका लागि व्यापक संख्यामा ट्युवेल वितरण गरिरहेका छौ । ‘कृषिमा सम्भावना देखेर युवाहरु विदेश पलायन बाट रोकिनेछ र साथै कृषि मजदूर पाउन पनि सजिलो हुनेछ जसको लागि कृषिलाई व्यवसायीकरण गर्दै कम लागतमा प्रविधीहरुको प्रयोग र बढीभन्दा बढी उत्पादनशील बनाउनुपर्दछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]