२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

एमालेका मन्त्रीको राजीनामा बुझ्दै प्रधानमन्त्रीले सुनाए फत्तेमानको गीत- यस्तो पनि हुँदो रैछ…

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ १९, २०८१

काठमाडौं । एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही बेरअघि राजीनामा बुझाए । राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक टिप्पणी गरेनन् ।

प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको एक मन्त्रीले बताए ।

‘मैले एउटा गीत सम्झिरहेको छु- यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले… कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले… मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’

एमालेका मन्त्रीहरुले पनि कुनै टिप्पणी गरेनन् । उनीहरु एकछिनमै बालुवाटारबाट निस्किए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]