०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

‘सपेताले खडेरी ल्याउँछः यो भ्रममात्र हो’

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

जनकपुरधाम । काष्ठजन्य रुख हो मसला । यसलाई सपेता पनि भनिन्छ । लाम्चो पात र सेतो बोक्रा भएको यो रुख रोपिएको ठाउँमा जमिनमुनिको पानी सतह सुक्छ र खडेरी ल्याउँछ भन्ने आम बुझाइ रहेको छ ।

खडेरी अन्त्यका लागि मसलाको रुख उन्मुलन गर्नुपर्ने कुराको वारेमा खासगरी सामाजिक सञ्जालमा एकदमै वकालत भइरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा आम मानिसले बोल्ने र लेख्ने मात्रै होइन, पत्रकारहरुले पनि रोपिएको रुख कटान गर्नुपर्नेमा सरकारले नै मसलाको विरुवा किन रोप्न लागेको भनि प्रश्न सोध्छन् ।

यसवारे वैज्ञानिक अध्ययनले भने ठ्याक्कै उल्टो कुरा भन्दो रहेछ । मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साह भन्छन्, ‘अन्य विरुवाको तुलनामा मसलाले बढी पानी उत्सर्जन गर्छ ।’ जहाँसम्म जमिनमुनिको पानी सतह घटाउने सवाल छ, मसलाको रुखको जराले जमिनमुनिको पानी छुनै नसक्ने मन्त्री साहको दावी हो ।

सोही मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले मानव निर्मित समस्याको दोष थुपार्न कुनै वृक्षलाई लक्षित गरिएकोमा दुःख व्यक्त गर्छन् । ‘हलो अड्काउने गोरु चुट्ने भनेजस्तै भयो मसलाको रुख’ सचिव घिमिरेले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘हामीले चुरे विनास गर्यौं, आज चुरे मुनिको क्षेत्रमा पानीको मुहान सुक्न थाल्यो । सपेताको रुखले खडेरी ल्यायो भन्नु पुरै गलत हो ।’

सचिव घिमिरेले यसवारे वैज्ञानिक अध्ययन भइसकेको उल्लेख गर्दै अगामी साउन महिनामा राष्ट्रिय स्तरमा सरोकारवाला पक्षहरुको भेला गरी मसला रुखको प्रकृति र पानीको मुहान र संरक्षण लगायत विषयमा प्रष्ट पार्ने योजनामा रहेको जानकारी दिए ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शुक्रबार मधेश प्रदेशका आठवटै जिल्लामा हुन लागेको कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो । मन्त्रालयले असार महिनामा ‘एक व्यक्ति एक विरुवा’ कार्यक्रम अन्तर्गत मधेश प्रदेशमा ६५ लाख विरुवा रोप्न लागेको मन्त्री साहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]