०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आषाढ २०, २०८१

काठमाडौं । यूरोपियन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ ।

यूरोपिएन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए ।

बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ प्लास्टिकजन्य फोहोरमैला उद्यम सन्चालन गरीरहेका निजी संस्थालाई मूल्याकंनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए । छनौट भएका प्रति उद्यमलाई २० लाखका दरले अनुदान रकम प्रदान गरिनेछ ।

प्लास्टिकजन्य फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा काम गरीरहेका संस्थाहरुलाई शसक्त बनाउने उदेश्यले यो अनुदान प्रदान गर्न लागिएको हो । प्राप्त अनुदान रकमबाट संस्थाले आफनो क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार तथा मिसिनरी उपकरणहरु खरिद गर्न सक्नेछन्, उनले भने ।

क्रिएसन नेपालका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले यस अनुदानले प्लास्टिकजन्य फोहोरमैला क्षेत्रमा काम गर्ने निजी उद्यमीहरुलाई संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्न ठुलो सहयोग हुने विश्वास व्यक्त गरे । स्टार्टअपको लागि सम्भवतः निजी स्तरमा पहिलो पटक यति धेरै राशीको अनुदान रकम प्रदान गर्न लागिएको उनले बताए ।

निजी संस्थाहरुले अनुदानका लागि परियोजनाद्धारा जारी गरिएको अनुदान निर्देशिकाको पूर्ण पालना गरी प्राप्त ढाँचाको आधारमा आआफनो संस्थाको विवरण सहित अनुदान प्राप्त गरेको खण्डमा सन्चालन गरिने विभिन्न क्रियाकलापको विस्तृत जानकारी सहित निवेदन फारम भर्नुपर्ने उनले बताए ।

अनुदान निर्देशिका अनुसार प्रारम्भमा प्राप्त भएका निवेदन फारमलाई मूल्याकंन गरी पहिलो चरणमा १० उत्कृष्ट फारमलाई छनौटगरी उनीहरुलाई अभिमुखिकरण तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिनेछ । त्यसपछि छनौट भएका १० उत्कृष्ट उद्यमीहरुले पूर्ण प्रस्तावना पेश गर्नुपर्ने हुन्छ, उक्त प्रस्तावनालाई मूल्याकंन टीमले गहिरो अध्ययन पश्चात त्यसमध्ये ६ टीमलाई अनुदानका लागि अन्तिम छनौट गर्नेछ । अनुदानका लागि अन्तिम छनौट भएका संस्थाले किस्तावन्दीमा उक्त अनुदान रकम प्राप्त गर्नेछ । अनुदान प्राप्त गर्ने उद्यमीले परियोजना कार्यान्वयन गर्दै जाँदा प्रगतिविवरण सहित खर्च विवरणको पारदर्शी रुपमा समय समयमा नियमित रिर्पोटिङ गर्नुपर्नेछ ।

क्रिएसन नेपालले ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि तीन प्रदेशको नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सन्चालन गरीरहेको छ, । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]