२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

पार्टीलाई क्षति हुनेगरी अधिवेशन नगर्न जनमत उपाध्यक्ष खानकाे निर्देशन

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आषाढ २०, २०८१

जनकपुरधाम । जनमत पार्टीले पालिका अधिवेशन सर्वसम्मतिबाट शान्तिपूर्ण रूपमा हुन सके मात्रै सम्पन्न गर्न पालिका समितिलाई निर्देशन दिएको छ । सो पार्टीले बिहीबार सम्बन्धित पार्टी संगठनलाई उक्त निर्देशन दिएको हो ।

जनमत पार्टीले पालिका अधिवेशन गर्दैछ । सो अधिवेशनका क्रममा कतिपय ठाउँमा विवाद तथा पार्टी हितविपरीत कार्य हुने गरेको प्रति पार्टीको ध्यानाकर्षण भएको पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए ।

पार्टीको छविलाई नै आघात पर्नेगरी तथा पार्टीको हित विपरीत विभिन्न किसिमका विकृति, प्रचारबाजी, गुटबन्दी र झैझगडा भएको पाइएको समेत उपाध्यक्ष खानले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

कुनै पनि ठाउँमा शान्तिपूर्ण र अनुशासित तवरले तथा सर्वसम्मतिले पदाधिकारी चयन हुन सके मात्र अधिवेशन गर्न उपाध्यक्ष खानले निर्देशन दिएका छन् ।

पार्टीलाई नै आघात पुग्नेगरी कुनै पनि किसिमको अनावश्यक गुटबन्दी, विरोध, हुलहुज्जत आदि हुने सम्भावना भएमा सो ठाउँमा केन्द्रीय सचिवालयले पछि अधिवेशन गर्ने जनाउँदै उनले त्यस्ता ठाउँमा तत्काल अधिवेशन स्थगित गर्न समेत आग्रह गरेका छन् ।

साथै अधिवेशनका क्रममा कसैले पार्टीलाई आघात पुग्नेगरी अनुशासनहीन गतिविधिमा संलग्न रहेको पाइएमा उनीहरूका नाम, पद तथा ठेगाना उपलब्ध गराई दिन समेत उनले आग्रह गरेका छन् ।

पार्टीलाई बदनाम गर्नेगरी गुटबन्दी र झैझगडा गर्नेहरूलाई कालोसूचीमा राख्नेदेखि पार्टीबाट निष्कासन समेत गर्न सकिने चेतावनी उपाध्यक्ष खानले दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]