१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

आइतबार संसदबाट राजीनामा दिने प्रधानमन्त्री प्रचण्डको तयारी

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राजीनामा दिने तयारी गरेका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले आइतबार संसद बैठकबाट राजीनामा दिन लागेको ब्रिफिङ गरेका हुन् ।

‘दुई ठुला दल मिलेपछि कसैको केही लाग्दैँन । आइतबार संसद बैठकबाट राजीनामा दिन्छु । माओवादी अव प्रतिपक्षमा बस्न तयार छ, ’ उनले आज बसेको मन्त्रिपरिषद्को बैठकमा भनेका हुन् ।

दाहालले बैठकमा राजीनामा दिन लागेको भनेपनि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले राजीनामा नदिएर छिट्टै विश्वासको मतको सामना गर्ने निर्णय भएको जानकारी दिएकी छन् । उनले विश्वासको मत लिन ३० दिन नकट्ने बताउदैँ छिट्टै विश्वासको मत लिने तयारी भएको बताइन् ।

उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्रीले विश्वासको मतको सामना संसदमा गर्छु भन्नु भएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । सकेसम्म छिटो विश्वासको मत सामना गर्छौँ । राजीनामा दिने भन्ने छैन ।’

मन्त्री शर्माले राजीनामा नदिई प्रधानमन्त्री प्रचण्डले छिट्टै संसदबाट विश्वासको मत लिने बताए पनि आइतबार संसदबाट प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने तयारी गरेका छन् । यसभन्दा अघि भने नेकपा एमाले र कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेपनि उनले आनाकानी गरिरहेका थिए ।

संसदबाट विश्वासको मत नपाउने निश्चित हुँदा समेत प्रचण्डले पदमा बसिरहनु उचित नभएको भन्दै चौतर्फी दबाब बढेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । उनले पदबाट राजीनामा दिए पछि सभामुख देवराज घिमिरेले त्यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराउने छन् । उक्त जानकारीपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

नयाँ सरकार गठनको आह्वान गरिएपछि कांग्रेस र नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्दै बहुमतको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष पुग्ने तयारी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]