११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

जनकपुरको गुठी तथा सार्वजनिक जग्गा अतिक्रमण अध्ययन गर्न समिति गठन

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

काठमाडौं । सरकारले जनकपुरको गुठी तथा सार्वजनिक जग्गा अतिक्रमणबारे अध्ययन गर्न पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले थपलियाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अन्तर्गतको जग्गा र सम्पत्ति संरक्षण गरी पुरानै अवस्थामा फिर्ता ल्याउनेबारे अध्ययन गर्नेछ ।

जनकपुर क्षेत्रको करिब ९ हजार बिघा जग्गा अतिक्रमण भएको भनी गृहमन्त्री रवि लामिछानेले त्यसबारे छानबिन गर्ने बताएका थिए । गृह मन्त्रालयको प्रस्तावमा सरकारले समिति गठन गरेको हो ।

सरकारले शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल संस्कृत विश्वविद्यालयको जग्गाबारे अध्ययन गर्न पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरेको छ । उक्त समितिले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा र सम्पत्तिको छानबिन, लगत संकलन गरी उपयोग, व्यवस्थापन लगायतका विषयमा प्रतिवेदन पे गर्नेछ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी पाँच वर्षे राष्ट्रिय रणनीति पनि स्वीकृत गरेको छ ।

मिटरब्याज सम्बन्धी समस्या समाधानका लागि गठन भएको जाँचबुझ आयोगको म्याद आगामी १५ असोजसम्मका लागि थपेको छ ।

मन्त्रिपरिषद्ले सहन्यायाधीवक्ता रामकुमार थापालाई वैदेशिक रोजगार न्यायाधीकरणको सदस्य तोकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]