१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

‘अब बन्ने सरकारको प्राथमिकता संविधान संशोधन’

Logo
न्यूजमधेश प्रकाशित शनिबार, आषाढ २२, २०८१

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ ।

नेपाली कांग्रेसको संसदीय दलको आजको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । उहाँले अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुने बताउनुभयो ।

“नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णयको स्वागत एवं समर्थन गरेको छ”, प्रमुख सचेतक लेखकले भन्नुभयो, “ अब गठन हुने सरकारले राष्ट्रिय स्वार्थको रक्षा, भ्रष्टाचार नियन्त्रण, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन र संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको छ ।”उहाँले वर्तमान शासन व्यवस्थालाई अझ सुदृढ र समावेशी तुल्याउन संविधान संशोधनमा जोड दिइएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताका सवाललाई सम्बोधन गर्न अब बन्ने सरकार तयार रहेको दोहो¥याउनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै भएको सहमतिअनुसार पहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र त्यसपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको छ ।

यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी भइरहेका सन्दर्भमा बैठकले पार्टीका सबै सांसद्लाई अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी पनि प्रमुख सचेतक लेखकले दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]