१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

करेन्ट लागेर श्रीमानको मृत्यु , श्रीमती घाइते

Logo
प्रकाशित शुक्रबार, आश्विन १७, २०७६

झापा । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित केरखामा आज करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका हुन ।

मृत्यु हुनेमा कमल गाउपालिका वडा नं.१ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन् ।

आज बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर चौलागाईं दम्पति घाइते भएका थिए । घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पम्फादेवीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]