०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

कमला नदीमा फसेका ६ जनाको सकुशल उद्धार

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ २६, २०८१

जनकपुरधाम । सशस्त्र प्रहरीले कमला नदीमा फसेका ६ जनाको सकुशल उद्धार गरेको छ ।

सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका चार जनाको सशस्त्र प्रहरीले मंगलबार बिहान साढे ११ बजे सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षिय मनिया कापर, ५० वर्षिय सेवक साह, ३७ वर्षिय मोहम्द हाकिम राई र ३५ वर्षिय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानीको बहाव बढेपछि उनीहरु सो नदीको बीच भागमा फसेका थिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो ।

त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करीव २ बजे सकुशल उद्धार गरेको हो ।

धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षिय विष्णुदेव गोईत र २९ वर्षिय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढिको कारण सो नदिमा बीच भागमा फसेका थिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक तथा सह–चालक रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]