१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

जनकपुरधाममा मेयर साहद्वारा प्रदुषण रहित झोला वितरण

Logo
प्रकाशित शनिबार, आश्विन १८, २०७६

जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वच्छता अभियान अन्तर्गत आज वातावरण प्रदुषण नगर्ने झोला वितरण गरेको छ । जनकपुरस्थित राजदेवी मन्दिर क्षेत्रमा सर्वसधारण र व्यावसायीलाई झोला वितरण गरेको हो ।

चाडपर्वका बेला झोला बढी प्रयोग हुन्छ । तर बजारमा अझै वातावरण प्रदुषण गर्ने झोलाको प्रयोग भइरहेकाले त्यसलाई रोक्न प्रदुषण रहिद झोला वितरण गरिएको जनकपुरधामका मेयर लालकिशोर साहले बताएका छ्न ।

मेयर साहले प्लाष्टिकको झोलाले प्रदुषण फैलाउने गरेकाले त्यसबाट बच्न स्वच्छता अभियान अन्तर्गत नयाँ खालको झोला (प्रदुषण रहित) वितरण गरिएको बताए । उनले प्लाष्टिकको झोला प्रयोग नगर्न नगरबासीसँग आग्रह समेत गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]