२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

मधेश प्रदेशको बजेट सर्वसम्मतिले पारित

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ ३१, २०८१

जनकपुरधाम ।मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेशसभाको बैठकबाट सर्वसम्मतिले पारित गरेको छ ।

आईतबार बसेको प्रदेश सभाको बैठकमा विनियोजन विधेयक माथि मन्त्रालयगत छलफल तथा त्यसपछि मन्त्रीहरूको जवाफ आएपछि मुख्यमन्त्री सतिश कुमार सिंहले पारित गर्नका लागि प्रस्ताव गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा निर्णयार्थ पेश गर्दा विनियोजन विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो ।

विनियोजन विधेयकको विपक्षमा कुनै सांसदले मत जाहेर नगरेकोले सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभएको थियो ।

असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षको लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् कुल बजेटको ३६.४५ प्रतिशत रहेको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३.५५ रहेको छ ।

आइतबार बिहान सर्वदलीय बैठकपश्चात् बसेको बैठकले उच्च स्तरीय छानविन समिति बनाउने निर्णय भएपछि प्रदेश सभामा बजेट माथिको छलफल एक्कै दिनमा सकेर पारित भएको छ । प्रदेश सभाका २२ जना प्रदेश सभाका सदस्यहरुले भाग लिनुभएको थियो ।

यस अघि बैठकमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको शीर्षकमा १ सय रुपैयाँ कटौती गर्नु पर्ने प्रस्तावलाई सभामुख मण्डलले प्रदेश सभामा निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]